Logo
Logo

न्यूरोडको लुटमा प्रहरीकै संलग्नता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ भदौ । प्रहरी आफैँ संलग्न भएको एउटा लुटको घटनामा अभियुक्त पुपक्र्षका लागि जेल चलान भइसकेका छन् । तर, लुटिएको रकम अझै फेला पर्न सकेको छैन । घटना गत ७ असारको हो । त्यस दिन न्यूरोडस्थित सडकबाट मध्यदिनमा भारतीय नागरिक विकास अग्रवालको १० लाख रुपैयाँ लुटियो । घटना भएको दुई दिनपछि अग्रवालले अपराध अनुसन्धान महाशाखामा जाहेरी दिए । अनुसन्धानका क्रममा प्रहरीले आसपासका सबै सिसी फुटेजहरुको अध्ययन ग¥यो । पछि उक्त घटनामा महानगरीय प्रहरी परिसर काठमाडौंका घमुवा प्रहरी हवल्दार धीरेन्द्र विष्ट र महाराजगञ्ज प्रहरी गणमा कार्यरत प्रहरी जवान विक्रम चन्द संलग्न रहेको खुल्यो ।

अनुसन्धानका लागि प्रहरीले दुवै जनालाई पक्राउ ग¥यो । १० लाख रुपैयाँ लुटेको पनि उनीहरुले स्वीकार गरे । तर, लुटिएको भनिएको रकम भने फेला पर्न सकेन । त्यसपछि यो मुद्दा काठमाडौं जिल्ला अदालत पुग्यो । अदालतले दुई प्रहरी जवान, घटनामा संलग्न रेणु श्रेष्ठ र सौरभ अधिकारीलाई पुपक्र्षका लागि जेल पठाइसकेको छ । तर, लुटिएको भनिएको रकम अझै फेला पर्न सकेको छैन । न, प्रहरीले खोज्ने जाँगर नै चलाएको छ ।

घटनाको सम्वन्धमा परिसर स्रोतले भन्यो, ‘लुटेको अभियोगमा अभियुक्त जेल चलान भइसके । तर, मुख्य दोषी अझै फेला परेको छैन । अभियुक्तले लुटेको भनेर स्वीकार पनि गरेका छन् । तर, खोई त्यत्रो रकम ? खासमा यो घटना राम्ररी अनुसन्धान नै भएको छैन ।’

झिकियो ४० लाख तर, भनियो १७ लाख

सहकारीबाट झिकिएको उक्त रकमको स्रोत खुलाउनुपर्ने भएपछि पीडित भनिएका अग्रवालले लुटिएको भनिएको रकममा समेत ढाँटेको पाइएको छ । यस कार्यमा उनलाई प्रहरीले नै सघाएको स्रोतको दाबी छ ।

गत साउन ७ गते उनले न्यूरोडस्थित समृद्धि ऋण तथा सहकारीबाट ४० लाख रुपैयाँ झिकेका थिए । यसका लागि उनले सहकारीमा आठ लाख रुपैयाँ उल्लेखित पाँच वटा चेक दिएका थिए । सहकारीको क्यासियर रेणु श्रेष्ठले हजार दरको ३५०० थान र पाँच सय दरका एक हजार थान गरी जम्मा ४० लाख रुपैयाँ दिएकी थिइन् । यसका लागि उनले १० लाख दरको तीन बण्डल बनाएकी थिइन् भने, पाँच सय दरका १० मुठा बनाएकी थिइन् । उक्त रकम उनले झोलामा राखी अग्रवाल र उनका सहयोगी सञ्जय भाडुलाई दिएकी थिइन् ।

उक्त रकम अग्रवाल आफूले चलाएको बा.९८प. १०२० नम्बरको स्कुटर पछि बस्ने सञ्जयलाई समात्न दिएका थिए । प्रहरीका अनुसार न्यूरोडबाट रकम झिकेर उनीहरु ताहचलस्थित डेरातर्फ जाँदै गर्दा बाटोमा उनीहरुलाई सोही दिन प्रहरी हवल्दार धीरेन्द्र विष्ट र प्रहरी जवान बिक्रम चन्दले लुेटका थिए । तर, उनीहरुले घटनाको भोलिपल्ट मात्रै अपराध अनुसन्धान महाशाखामा गएर जाहेरी दिएका थिए । त्यसको पर्सिपल्ट अर्थात् १० असारमा विष्ट र चन्द पक्राउ परेका थिए ।

तर, अग्रवालले लुटिएको दिन आफूसँग ४० लाख रुपैयाँ नभई १७ लाख रुपैयाँमात्रै भएको बयान प्रहरीलाई दिएका छन् । जबकि सहकारीसँग त्यस दिन भएको रेकर्ड र क्यासियर रेणु श्रेष्ठले प्रहरीलाई दिएको बयानपत्रमा अग्रवालले ४० लाख रुपैयाँ नै झिकेको उल्लेख छ ।

प्रहरी स्रोतका अनुसार उनले त्यस दिनझिकेको रकम हुण्डीको माध्यमबाट आएको थियो । स्रोत खुलाउनुपर्ने भएपछि उनले ४० लाखको ठाउँमा १७ लाखमात्रै भनेका थिए । स्रोत भन्छ, ‘अग्रवालले त्यस दिन ४० लाख नै झिकेका हुन् । सहकारीको रेकर्ड र कर्मचारीको बयानबाट समेत त्यही देखिन्छ । तर, उनले प्रहरीको बयानमा १७ लाखमात्रै झिकेको भनेका छन् । यस कार्यमा उनलाई परिसरकै प्रहरी कर्मचारीले सघाएको देखिन्छ ।’

सुन्धारा नक्कली सुन प्रकरणमा हुण्डी कारोबारी विकास अग्रवालको समेत संलग्नता देखिन्छ । सुन्धराबाट बरामद नक्कली सुनचाँदी प्रकरणमा न्यूरोडका मोबाइल ब्यापारी विकास अग्रवालसमेत संलग्न रहेको खुलेको छ । हुण्डी कारोवार गर्ने भारतीय नागरिक अग्रवाल अहिले फरार छन् ।

प्रहरीका अनुसार सुनचाँदी तस्करमा संलग्न बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारी र अग्रवाल एउटै टिमका व्यक्ति हुन् । हुसेन सुनचाँदी तस्कर गरी भारत पु¥याउँथे । त्यसवापतको रकम भने अग्रवालले हुण्डीमार्फत प्राप्त गर्थे र प्राप्त रकम इल्ताफलाई दिन्थे । उनलाई हुण्डीमार्फत रकम पठाउन सहयोग गर्ने निलेस सखिया र सञ्जय भडु हुन् । घटनामा निलेस पक्राउ परिसकेका छन् । तर, सञ्जय फरार छन् । लकडाउनको अवधिमा समेत निलेस र सञ्जय बारास्थित नाकाबाट नेपाल आउने गर्थे । यसका लागि उनीहरुलाई इल्ताफले सघाउँथे ।

प्रहरीका अनुसार बरामद साढे १४ केजी चाँदी सुनको जलप लगाउने कार्य अग्रवालकै सहयोगमा भएको थियो । प्रहरीले जलप लगाउने कालिगढ सञ्जय मल्लिकलाई न्यूरोडबाट पक्राउ गरिसकेको छ । तर, निर्देशन दिने अग्रवाल भने फरार छन् । अग्रवालकै निर्देशनपछि मल्लिकले न्यूरोडको सुन पसलमा जलप लगाएका थिए । यसका लागि करिब ५८ लाख रुपैयाँ खर्च भएको प्रहरीको दाबी छ । फरार अग्रवाल अहिले भारतमा लुकेर बसेका छन् ।

पक्राउ पर्ने डरले काठमाडौं जिल्लाअदालतमाजारी मुद्दामा पछिल्ला दिन बयान दिनसमेत उनी आएनन् । न उनले कुनै वारेसनामा नै खटाएका छन् । जबकि उक्त मुद्दाको उनी आफैँ वादी हुन् । गत ७ असारमा १० लाख रुपैयाँ लुटिएको भन्दै उनले अपराध महाशाखामा जाहेरी दिएका थिए । जाहेरीलगत्तै भएको अनुसन्धानपछि प्रहरीले प्रहरी हवल्दार धीरेन्द्र विष्ट र प्रहरी जवान विक्रम चन्दलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्