Logo
Logo

निजगढ विमानस्थलको रुख गणना आउँदो मंसिरमा सक्ने निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ भदौ । राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ । भने सो क्षेत्रमा नदि नियन्त्रणका कामले पनि तीव्रता लिएको हो ।

मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको अध्यक्षताम निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा सो प्रगति पेश गदै आउदो मंसिर मसान्तभित्र रुख तथा पोलहरुको लगत नम्बरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि यस समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगतरुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने । साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेड मार्फ्त रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी काम आगामी हप्ता दिनभित्रमा सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निेर्देशनसमेत दिएको छ भने लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्रमा परियोजना प्रस्ताव अन्तिम निर्णय लिनेसमेत निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्