Logo
Logo

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह


252
Shares

भियना । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग गत हप्ता भएको सहकार्यको ढाँचा कार्यान्वयन गर्न आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) को निगरानी रोकिएपछि ‘विश्वास पुनस्र्थापना’ गर्न आवश्यक रहेको उनले बताएका छन् ।   

The current image has no alternative text. The file name is: UNO-1.gif

गत जुनमा इजरायलसँगको युद्धपछि इरानले कायरोमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय ९आइएइए० सँगको सम्झौतामा सहमति जनाएको थियो । इरान र इजरायलबीच १२ दिनसम्म चलेको उक्त युद्धमा इजरायलसँगै अमेरिकाले इरानको प्रमुख आणविक केन्द्रमा आक्रमण गरेका थिए । त्यसयता आइएइएका निरीक्षकहरूले त्यससम्म पहुँच गर्न सकेका छैनन् ।

आइएइएको वार्षिक महासम्मेलनको उद्घाटनको दिन सम्बोधन गर्दै आइएइएका प्रमुख राफेल ग्रोसीले अब यो सम्झौता कार्यान्वयन गर्ने र विश्वास पुनस्र्थापना गर्न’ र एजेन्सीलाई ‘यी सबै कठिनाइका बाबजुद आफ्नो काम जारी राख्न’ अनुमति दिने बताए । 

“सम्झौता कार्यान्वयन गर्ने गराउने अब इरान र हामी माथिको जिम्मेवारी हो । यसले प्राविधिक उपाय र व्यावहारिक कदमहरूको लागि आवश्यक हाम्रो जिम्मेवारीलाई पुनः सुरु गर्न निर्देशित गर्छ,” ग्रोसीले आफ्नो भाषणमा भने ।

इरानको सर्वोच्च सुरक्षा निकाय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को अनुमोदनपछि मात्र नयाँ ढाँचाले संयुक्त राष्ट्रसङ्घका आणविक निरीक्षकहरूलाई पहुँच दिने बताएको छ।

इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक केन्द्रमा भएका आक्रमणपछि इरानसँगको सहकार्यलाई नयाँ व्यवस्थामार्फत अघि बढाइने बताएका छन् ।

उनले भने, “आणविक स्थल र सुविधाहरूको बिरूद्ध आक्रामकता र खतराको निरन्तरता पछि अति गम्भीर परिस्थितिहरूमा कसरी संलग्नता जारी राख्ने भनेर हाल सुरक्षा सम्झौताको लागि कुनै व्यवस्था गरिएको छैन ।” उनले इरान परमाणु अप्रसार सन्धिको पक्ष राष्ट्र रहेको पनि उक्त अबसरमा बताए।

इरान र इजरायलबीचको युद्धपछि इरानले आइएइएलाई निरीक्षणमा रोक लगाएपछि पश्चिमा शक्तिहरूले इरानको आणविक कार्यक्रमको विस्तारबारे बारम्बार चिन्ता व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाले इरानलाई उसको परमाणु कार्यक्रम सीमित गर्ने ऐतिहासिक सम्झौताबाट सनु २०१८ मा एकतर्फी रूपमा पछि हटेपछि तेहरानले पनि क्रमशः सम्झौताबाट पछि हटेको थियो । 

इरानमाथि लामो समयदेखि आणविक हतियार प्राप्त गर्न खोजेको आरोप लाग्दै आएको छ तर दाबीलाई उसले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्