
गत भदौ २३ गते नेपालको सडकमा आगो दन्कियो । देशभर नारा, जुलुस र भिडैभिड । निहुँ थियो– सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय । मानिसमा आक्रोश थियो, जेनजी नाममा स्वार्थको रोटी सेक्नेहरूका लागि सुवर्ण अवसर थियो । राष्ट्रिय सम्पत्ति, अमूल्य ऐतिहासिक दस्ताबेज र राष्ट्रिय निधिहरू केही घण्टामै जलेर ध्वस्त भए । यस आन्दोलनले देशलाई कमसेकम पनि ५० वर्ष पछि धकेलिदियो ।
सरकारले गेरेको नृशंस हत्याको विरोधस्वरुप आगजनिमा उत्रिएको विवेकहीन भिडले १८ जना डढाएर मा¥यो । बाहिरबाट क्रान्तिको जामा लगाइदिए पनि भित्रपट्टीबाट युवा जमातको पोस्टरमा नयाँ नयाँ मोहराहरू परिचालन गरिए । कसैले सिंहदरबार, कसैले सर्वोच्च अदालत र कसैले संसद् भवन ध्वस्त पार्दै पशुपतिनाथको मन्दिरसम्म आक्रमण गर्ने प्रयत्न भयो ।
आफ्नै परमाधिपतिको कार्यालयको चिता जल्दा पनि सेनाको प्रतिक्रिया देखिएन । नेपाल वरवाद गर्ने यो निर्णय कहाँ बसेर कसले ग¥यो? त्यसको अनुहार कसैले कतै देखेन । नेपालमा भएका हिंसाहरू विश्व समाचारको हेडलाइन बनेका छन् ।
यस्ता कथाको शीर्षस्थानमा केही समय अघि बांलादेश थियो । पाकिस्तानमा पनि लुकाछिपि शैलीमा चलिरहेकै छ । दुर्भाग्यपूर्ण श्रीलंकन इतिहास पनि बिर्सिइएको छैन । यी, र यस्ता घटनाहरू कसरी घट्छन् ? पर्दापछाडिबाट कठपुतली नचाउने को हो ? कसले, कसलाई र कसरी शिक्षित÷दीक्षित गरिरहेको छ ?
साना तथा कमजोर देशहरूको शासनमा नकेल समाएर बस्नेहरू छायाबाट काम गराइरहेका हुन्छन् । उनीहरूको अनुहार देखिँदैन । यसको वास्तविक शक्ति सञ्चालनको सञ्जाल पर्दापछाडि र अदृश्य हुन्छ । तिनीहरू विराट कम्पनीहरू, जासुसी संस्था र पैसाको माध्यमबाट साना देशका सरकारहरू ढाल्ने र खडा गर्ने काम गरिरहन्छन् ।
नेपालमा जे जस्तो क्रान्ति ग¥यौँ, परिवर्तन ग¥यौँ, लोकतन्त्र स्थापना ग¥यौँ भने पनि रसियन क्रान्तिकारी लेनिनले राज्य र क्रान्ति भन्ने पुस्तका लेखे झैँ सुरक्षा तथा प्रशासनिक संरचनामा आमूल परिवर्तन नगरेसम्म प्रतिक्रान्तिका सम्भावनाहरू रहिरहन्छन् । सामन्त, दलाल र भ्रष्टहरू नै सत्ता एवं त्यसको वरिपरि घुमिरहन्छ र विगतकै पद्धतिको आत्मा यथावत् रहन्छ ।
वर्तमान नेपालको कथा एउटा अर्को नयाँ परिघटना मात्र हो, नाटकिय संवाद (स्क्रिप्ट) पुरानै हो र असली शक्ति खेलको निर्देशक पनि त्यही नै हो । । केवल पात्र फरक छन्, मानौँ कुनै नर्थ साउथको डबिङ सिनेमा हो । कलाकारका वक्तव्य, चुनावी पोस्टर, सञ्चार माध्यमका बहस र विज्ञापन एवं प्रदर्शनका शृङ्खलाहरू उस्तै हुन् । हिजो र आजमा कुनै अन्तर छैन । सबथोक जनताले नै फैसला गरिरहेको जस्तो देखिन्छ । यो सम्पूर्ण उतारचढावको निर्देशक को हो? कसैले पत्ता पाउँदैन । हाम्रो दुनियाँ राष्ट्रपति, प्रधानमन्त्री र संसद्को निर्देशनमा चलेको छैन । सम्पूर्ण पद्धतिलाई अदृश्य सञ्जालले लपेटेको छ । त्यो जालोभित्र हरेक देश, नेता र आम जनता समेत फसेका हुन्छन् । यो जालोको केन्द्रबिन्दुमा बाहिरी शक्तिहरू स्थायी खेलाडीका रूपमा बसेका हुन्छन् ।
उनीहरूलाई खुफिया एजेन्सी, सैन्य औद्योगिकतन्त्र, वित्तीय संस्थाहरू र कर्पोरेटहरू छन् भन्ने अनुमान गर्न सकिन्छ । यो खेलको वास्तविक खेलाडीहरूको नाम अखबारमा छापिँदैन, टिभीमा देखिँदैन र समाचारमा पनि सुनिँदैन । तर, कसलाई उचाल्ने, कसलाई पछार्ने र अरूको राज्य र लोकतन्त्र वरवाद गर्ने भन्ने योजना र निर्णय यिनैले गर्दछन् ।
इरानमा सन १९५३ तिर भएको मोहमद मोसादको निर्वाचित सत्तापलट, दलाल राजाको बहाली र तेलको शोषणको परिणति के हो? आफ्नै प्राकृतिक संसाधनको परिचालन आफै गर्न पाउने नैसर्गिक अधिकार बेलायत र अमेरिकालाई सुपाच्य भएन । फलतः सिआइएले अप्रेसन चलायो र इरानलाई वर्वादितिर धकेल्न कुनै कसर छाडेन । यहाँ मोहमद मोसाद विरुद्धको प्रचार तीव्र पारियो, ठुलठुला विरोध प्रदर्शनहरू गराइयो र जननिर्वाचित सरकार ढालियो । यो सत्तरी वर्ष पुरानो नाटक आज नेपालमा पुनरमंचन भइरहेको छ ।
सामाजिक सञ्जाल बन्द गरिनु र मूलधारका डिजिटल सञ्चार नियन्त्रण गर्न खोज्नु र युवाहरूलाई आक्रोशित र उत्तेजित पारेर भावनात्मक इन्जेक्सन दिनु जस्ता कामहरू कसरी भएका छन्? सन १९७३ मा चिलिबाट साल्भाडोर आइन्दे जस्ता समाजवादी नेता जसले चिलीका जनताको हितमा नीति तथा कार्यक्रम तर्जुमा गर्दै गर्दा अमेरिकाको कोपभाजनमा परेका थिए । त्यतिखेर गुप्तचर खटाइन्थे, पैसा पु¥याउँन पनि आजजस्तो सजिलो थिएन ।
आजको डिजिटल संसारमा सबै कुकर्महरू पनि सजिलै हुन्छन् । मिम्स, भिडिओ र फर्जी खबरहरू एकै क्लिकमा विश्वव्यापी हुन्छन् । सन २०२४ को बांलादेश कसरी र कति शीघ्रतापूर्वक अराजकताको चपेटामा आयो र त्यहाँ संकट गहिरियो । शेख हसिनाले पलभरमा पलायन हुनुप¥यो र पनि संकट यथावत् छ र अझ भयावह बन्दै छ ।
युनुस बांलादेशमा शासन गर्न विश्व बैंक र आइएमएफको अड्डामा बसेर सम्झौता गर्दै आएका हुन् । सम्पत्ति, शक्ति र सञ्जालले जो कसैलाई उचाल्न र पछार्न सक्छ । नेता जो भएपनि सरकार पर्दापछाडिको शक्तिले झन्डा बिनै चलाउँछ । उ आफ्नो वर्चस्व कायम गर्न खोज्छ । नेता आउने जाने मुसाफिर मात्र हुन् । एउटालाई जेल पठाइन्छ, अर्कालाई निकालिन्छ, एउटालाई हिलो छ्यापिन्छ अर्कालाई वासिङ मेसिनमा हालेर उजिल्याइन्छ ।
साम्राज्यवादीहरूको दबाबमा चर्को व्याजमा आइएमएफको रिण लिनु, विश्वबैंकको आर्थिक नीति शिरोधार्य गर्नु र तिनीहरूका आदेश पालना गर्नु पर्ने हुन्छ । होइन भने, आन्तरिक राजनीतिक उथलपुथल भइरहन्छ, देश विकास हुन सक्दैन । भोलिको आन्दोलन र विध्वंसका लागि जनअसन्तुष्टि कायम रहन्छ । नव निर्माणको नाममा फेरि कर्जा प्रवाहका परियोजना तयार पारिन्छन् । नाकका चालमा उनीहरूका सबै सर्त स्वीकार गराइन्छ । यी सबै कुरा अचानक हुँदैनन् । कम्वोडिया, हिल्टन लगायतका प्याटर्नहरु दोहोरिइरहन्छन् ।
मध्यरातमा प्रधानमन्त्री निवासमा विदेशी गुप्तचरको स्वागत, पुनः अदालती प्रक्रियामा फर्किँदै पुनरमुसिको भव भन्ने प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय गराइन्छ । कसैले चुनौती दिने आँट गर्दैन । हरेक संस्था र व्यक्ति साम्राज्यवादी षडयन्त्रको सिकार भएको हुन्छ । सत्ताको शिर्षासनमा रहेको व्यक्तिको नियति सर्पको मुखमा आधा निलिएको भ्यागुताको जिब्राले झिँगा तानेको आनन्दमा रमाइरहन्छन् ।
आजको सञ्चार आवश्यकताको उत्पादकभन्दा अनावश्यक सूचनाहरूको कारखाना भएको देखिन्छ । अखबार पल्टाऊँ, टिभी खोलौँ वा सोसल मिडिया स्क्रोल गरौँ तिनै पर्दापछाडिका शक्तिले गरेको विष वमन नै भेटिन्छन् । कसैलाई लोकतन्त्रको मसिहा बनाएको हुन्छ, कसैलाई तानासाह र गणतन्त्रको भक्षक बनाएर अर्को बिरालालाई रुद्राक्षको माला भिराएर साधुको भेषमा प्रस्तुत गरिन्छ । मुसा अघि र बिरालो पछि लाग्छ । गन्तव्यसम्म पुग्दा धेरै मुसा सकिएका हुन्छन्,् बिरालो साधु नै रहन्छ तर उसको दिशामा मुसाका भुत्लाहरू भरमार पाइन्छन् ।
जनताको सोच विचारको नियन्त्रण गर्ने तिनीहरूको हतियार आज सबैभन्दा घातक मानिएको आणविक हतियारभन्दा अझ विनाशक तरिका प्रयोग गरिन्छ । यसले न धुवाँ निकाल्छ, न आवाज । रगत बगाउने वा नबगाउने भन्ने कुरा उनीहरूको परिस्थिति आकलनमा भर पर्छ ।
रगत बगे पनि अर्काको बग्ने हो, ज्यान गएपनि अर्कैको जाने हो, राजनीतिक र व्यापारिक फाइदा बहुराष्ट्रिय निगम र तिनका सञ्चालक शासकहरूलाई हुने हो । नेपालको आजको अवस्था यही प्याटर्नले सिर्जित गरिएको हो । एकातिरबाट उचालिएकाले १९ जना लडायो अर्कातिरकाले १८ जना डढायो । दुवैतिरबाट आमाको कोख रित्तियो । एकको अन्तरले लडाउने र डढाउने गर्दा जसले जिते पनि देश नराम्ररी हार्न पुग्यो ।
देश हा¥यो, जनता पछारिए अठार र उन्नाइस सङ्ख्या बाहिरको हताहाती बेवास्ता भएको छ । आक्रोश स्वाभाविक देखिन्छ । बेरोजगारी, भ्रष्टाचार र कुशासनले सिर्जना गरेको असन्तोष चरमोत्कर्षमा थियो तर त्यो असन्तोष र आक्रोश सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनमा पोखिनु उचित थियो? यो एक छद्म युद्ध थियो । नागरिक आक्रोशका नाममा जलाइने बस्तुहरूको सूचि पहिल्यै निर्धारित थियो ।
कसैका लागि वन्दिगृह तोड्नु, कैदिवन्दि भगाउनु र त्यहीँबाट जेल ब्रेकको सिलसिला सुरु हुनुमा के रहस्य छ ? सहजतापूर्वक प्रसारण भइरहेको सूचना भल्टभित्र राख्न खोज्नु, सामाजिक सञ्जालमा रोक लगाएर सञ्चारको ओठमा भोटेताल्चा लगाउन खोज्नु र सरकारी कुकर्महरूलाई सार्वजनिक हुन नदिनु लोकतान्त्रिक सोच हो? तत्कालीन नेपाली सत्तासीनका मथिङ्गलमा घुमेको एकाधिकारवादी सोच, अज्ञान र छुद्र चरित्रले स्थापित गर्दै लगेको निरङ्कुश राज्य सञ्चालनको मोडलले सामाजिक असन्तुष्टिको पारो बढाउँदै थियो भन्ने जगजाहेर छ ।
यी समस्याहरूको कारक तत्त्व के हो? दमनकारीहरूले सम्भाव्य प्रतिरोधको विश्लेषण गर्न सक्नुपर्छ । तर अति दम्भी, आत्मकेन्द्रित एवं परपीडक तानासाहको बुद्धि बन्दुकको मोहोरीमा र अन्धो भिडको बुद्धि आगोको पुल्ठामा हुन्छ । फेरि पनि त्यही भयो । बच्चाहरूले अमूल्य जीवन उत्सर्ग गरे, तानशाह पछारियो । एउटा नियोग प्रथाद्वारा प्रधानमन्त्री जन्मियो ।
संविधानले प्रधानमन्त्री जन्माउन सकेन । नियोगबाट जन्मिएका सन्तानहरू योग्य, स्वस्थ र सक्षम साबित भएका छैनन् । धृतराष्ट अन्धा, पाण्डु नपुंसक र युधिष्ठिर जुवाडे थिए । युधिष्ठिरले राज्य, भाइहरू र पत्नी समेत जुवामा हारे । यो राष्ट्रपति र संविधानको नियोगबाट जन्मेको प्रधानमन्त्रीले कति दुर्योधन जन्माउने हो हेर्न बाँकी छ ।
साम्राज्यवादी तथा प्रभुत्वादीहरू आफ्ना गुप्तचर र कर्पोरेट जगमार्फत वैश्विक साजिस गरिरहेका छन् । सामाजिक तन्तुहरू चटाचुन्न पार्ने षडयन्त्र गरिरहेका हुन्छन् । आज देखिने सबै घटनाहरू पछि तिनै पुराना प्याटर्नहरु नयाँ आवरणमा आएका छन् । आजको संसारमा साम्राज्यवाद र प्रभुत्ववादको संयुक्त ग्रहण लागिरहेको छ । तिनीहरू खेलको नियम आफैमा बनाउँछन्, धाँधली गर्छन् र स्वघोषित विजेता बन्छन् । तेस्रो विश्वका मुलुकहरूमा जो सुकै नेता भए तापनि उनीहरूले आफ्नै नियम अनुसरण गराउँछन्, नगरे जेल जान्छन् वा मारिन्छन् । मदन भण्डारी यसकै सिकार भएका हुन् ।
दोस्रो विश्वयुद्धपछि युरोप वरवाद भयो । अमेरिकाले म तारणहार हुँ भन्यो । मार्सल प्लान ल्याइयो र सहयोगको नाममा ऋण र ऋणका नाममा प्रभुत्व स्थापित गरियो । यही बेला अन्तर्राष्ट्रिय संघ संस्थाहरूको जन्म हुन थाल्यो । विशव बैंक, आइएमएफ र नाटोजस्ता संस्थाहरू गठन गरिए । त्यसलाई वैश्विक विकास र जनहितमा ल्याइएको प्रचारबाजी गराइयो । तर यी संस्थाहरू वास्तवमा साम्राज्यवादी औजारहरू थिए । तिनीहरूले आर्थिक उन्नयनको भ्रमजालमा दुनियाँलाई आफ्नै खल्तीमा कोचेर राख्न चाहन्थे ।
सिआइएको जन्म पनि यही सेरोफेरोमा भएको थियो । यो गुप्तचर संस्था बन्दा पद्धति संचालकको रुपमा विकसित भयो । यसको वास्तविक कर्तव्य शत्रुमाथि निगरानी राख्न नभई विभिन्न देशका सत्ता ढाल्न, आफ्नो दलाललाई सत्तासीन गराउन, विग्रहको तानाबाना बुन्न र आफूविरुद्ध उठ्ने हरेक आन्दोलनलाई बीभत्सतापूर्वक दमन गर्न प्रयोग गरियो । इरान, चिली, भियतनाम, अफगानिस्तान, इराक, लिविया, ग्वाटेमाला, निकारागुवा र क्युवा यसका ज्वलन्त उदाहरण हुन् ।
पहिले संचारमार्फत खुइल्याउने, खलनायक साबित गर्ने र आन्तरिक गुटबाजी गराइ हतियार र पैसाको खोलो बगाउँदै तख्ता पल्टाउनु साम्राज्यवादी तथा प्रभुत्ववादीहरूको पुरानै खेल हो । तिनका गुप्तचर संस्थाहरू, हतियार उद्योग, कर्पोरेट–व्यापारिक संसार, औषधि उत्पादक कम्पनीहरू, तेल व्यापारी एवम् प्रविधि–दिग्गजहरू जोडिएका हुन्छन् । यो सेना र उद्योगको गठजोड हो ।
संसारमा युद्ध नहुने हो भने हतियार कारोबारीहरू गुन्द्रुक वा वर्गर बेच्न थाल्लान् ? राम्ररी विचार गरौँ । तेस्रो विश्वलाई ऋण नचाहिए आइएमएफले तरकारिको ठेला लगाउँछ ? यसर्थ उनको प्रणालीलाई संसारभरि अस्थिरता चाहिन्छ, युद्ध चाहिन्छ, त्रासदी चाहिन्छ र गरिबी एवम् भोकमरी चाहिन्छ । आज नेपाल यसै अवस्थातिर उन्मुख छ । यो उनीहरूले रचेको नयाँ कथानकभन्दा पुरानै कहानीको नयाँ रूप मात्र हो । लोकतन्त्र बचाउने नाममा हामी सबैभित्र उनीहरूको योजना प्रवेश गरेको छ ।
जनता दिग्भ्रमित हुन्छन् । उनीहरू आफूलाई परिवर्तनको संवाहक ठान्छन् । वास्तवमा उनीहरू कसैको स्वार्थ सिद्धिका संवाहक भइरहेका छौँ कि भन्ने सोच्दैनन् । आधुनिक साम्राज्यवादी र प्रभुत्ववादीलाई टयांक र सेना पठाएर जमिन कब्जा गरिरहनु पर्दैन । हाम्रै बैंक खाता, अर्थव्यवस्था र सामाजिक सञ्जाल मार्फत राजनीतिक नेतृत्व नियन्त्रणमा लिन्छन् । यो देखिने साम्राज्यवाद होइन । तर यसको छाया भने सर्वत्र पर्छ र यसको वास्तविक शक्ति डर, शङ्का र विश्वासको संकट हो ।
यसर्थ कसैले यसलाई चुनौती दिने आँट गर्दैन । यस्ता कुरा नबुझनेहरू सबै सधैँ समतलमा विचरण गर्छन् भ्रष्टाचारको विरोध गर्दै बैंक तथा सुपरमार्केटहरू लुट्न पुग्छन् । उपरोक्त शक्तिहरूले संसार थर्काउने कला सिकेका छन् । यसर्थ उनीहरू एकदुई देशभन्दा पर कुनै झन्डा र लोगो नभएका शक्तिहरू हुन् । यिनीहरू चुनाव लड्दैनन्, जनमत पनि लिँदैनन् ।
तैपनि संसारका नागरिकहरूको भाग्य कोर्ने फौसला उनीहरू नै गर्छन् । तिनीहरूको इच्छापुर्तिमा मानिसहरू मर्छन्, रगतको खोलो बग्छ, पिडाको प्रवेग शब्दमा वर्णन गर्न सकिँदैन । पञ्चायती शासकले चालिस वर्ष अघि हत्या गरेका मेरो भाइ सम्झँदा आज पनि मेरो मुटु कक्रक्क हुन्छ, छाती ढक्क फुल्छ, गला अवरुद्ध हुन्छ र आँसुले आँखा भरिन्छन् । आज सडकमा लडेका ती अबोध नानीबाबुहरूको शव देख्दा उनीहरूका आफन्तजनमा के बितेको होला ?
तर घृणा, माया र आक्रोशको स्थायित्व हुँदैन । समयले चह¥याउने घाउमा खाटा बसाल्छ र मानिसहरू जीविकाको जोहो गर्न थाल्छन् । अदृश्य शक्तिका भरौटेहरूलाई केही फरक पर्दैन रगतको आहालमा अर्को नियोगप्रथा सम्पन्न हुन्छ तर नहुने भनेको स्थिरता, शान्ति र समृद्धि हो जो मरुभूमिको मृगमरिचिका जस्तै हुन्छ ।
माथि उल्लेख गरिएका शक्तिले राष्ट्रपति वा प्रधानमन्त्रीलाई झुकाउँछन्, जनतामा भ्रामक सपनाको व्यापार गर्छन् र देशभक्तहरुको सिकार गर्छन् । उनीहरूको शक्तिको श्रोत सहचर पुँजीवाद हो । तिनीहरूको व्यापार हाम्रो जीवनको हरेक अङ्गमा छिरिसकेको छ । अब सडक किनारामा भ्यारारे मम बेच्न पाइन्न । पाएपनि अनलाइन डेलिभरिले तिनलाई विस्थापित गरिसकेको छ । ठुलठुला औषधि कम्पनीहरू उपचारभन्दा नाफा केन्द्रित छन्, गरिब मुलुकका नागरिकहरूको जीवन महँगो औषधि तथा स्वास्थ्य उपकरणहरूको प्रयोगशाला भएको छ ।
नयाँ औषधि बेच्नका लागि नयाँ रोगहरूको सिर्जना गरिन्छ । म आफैँले प्रयोग गरेको नेपाली रुपैयाँ छ सय मूल्यको एक इन्सुलिन उत्पादन बन्द गरियो । अर्को नयाँ इन्सुलिनको मूल्य नेपाली रुपैयाँ १८ सय पु¥याइयो । पहिला पाँचवटा भायल इन्सुलिनको मूल्य ? तिन हजार पथ्र्यो अब नौ हजार पुगेको छ । आक्रोश छ । तर कहाँ पोख्नु ? कहाँ आगो झोस्नु ?
दुनियाँभरिको तथ्याङ्क जम्मा पारेर बसेका प्रविधि दिग्गजहरूले बुझेका छन् कि सत्तासीनहरू क्रोनि क्यापिटालिस्टको निर्देशन मानेर बस्छन्? उनीहरूले को के गर्छ, के सुन्छ, को सँग के भन्दै छ भन्ने सबै कुरा जानकारीमा लिएका छन् । उनीहरू विकासोन्मुख संसारको अमनचयन र शान्ति कसरी भङ्ग गर्ने कुरा राम्ररी थाहा पाउँछन् । तर तिनीहरू पनि साम्राज्यवादकै अभिन्न अङ्गहरू हुन् । र, उनीहरूकै सेवामा समर्पित छन् ।
सामाजिक सञ्जाल अब एउटा सम्पर्कको माध्यम र सूचना सम्प्रेषणको साधन मात्र रहेन एउटा घातक हतियारमा रूपान्तरण भइसकेको छ । यसको प्रयोगले आन्दोलन गर्न, गराउन सकिन्छ, निर्वाचन जित्न जिताउन सकिन्छ, सरकार ढाल्न र बनाउन सकिन्छ र सबैतिर एकै प्रकारको कथा सम्प्रेषण गर्न सकिन्छ । वालस्ट्रिटका कम्पनीहरू, हेजफण्ड, ग्लोवल बैंक र आइएमइका जनविरोधी क्रियाकलापहरू समेत सञ्चारद्वारा नै अघि सारिन्छ ।
यी संस्थाहरू वैश्विक सहयोगीको रुपमा प्रस्तुत गरिए पनि तिनीहरूले कमजोर मुलुकहरूलाई हतकडी, नेल र जन्जिरहरू कस्ने र यिनको दबाबमा गरिब देशहरू आनो संसाधन बेचेर यिनको ऋण तिर्न बाध्य पारिन्छन् र तिनै साधन श्रोतहरू उनकै सहधर्मी व्यापारीहरुको हातमा पु¥याइन्छ । सञ्चार पनि यस सन्दर्भमा तिनकै गोटिकोरुपमा काम गर्छ र विज्ञापन थाप्छ । यो शक्तिलाई चुनौती दिनेहरू रातारात खलनायक बनाइन्छन् र तिनको हितमा काम गर्नेहरू राष्ट्रवाद एवम् लोकतन्त्रका मसिहा कहलाइन्छन् । सञ्चार जगतको नकेल पनि यिनकै हातमा हुन्छ ।
टिभीमा देखिने सबै कुरा रिहर्सलपछिको प्रदर्शन मात्र हो । नेपालको वर्तमान र बांग्लादेश र श्रीलंकाको विगतमा जनताले साँच्चै जितैकै हुन त, कि त्यही वैश्विक सञ्जाल हो जसले सबै ठाउँमा उस्तै चाल चल्छ? नेता परिवर्तन हुन्छन्, सरकार ढल्छ र नयाँ बन्छ । पुराना पार्टी कमजोर हुन्छन्, नयाँ पार्टी जन्मन्छ तर पद्धतिमा कुशासन, भ्रष्टाचार र बेथिति कायम रहन्छ । लोकतन्त्रको नाकबाट वैश्विक करण, निजीकरण तथा सुरक्षाको प्रत्याभूतिका नाममा प्रदूषित हावा छिरिरहन्छ ।
नेपालमा २०७२ को संविधान ठाडै रहेको अवस्थामा नयाँ प्रधानमन्त्रीको नियुक्तिले आवश्यकताको सिद्धान्तको माध्यमबाट बाढीको ढोका खोलेको छ । अदालत डढे पनि न्याय मरेको संखघोष भएको छैन । संसद् विघटन र पुनस्र्थापना सम्बन्धी हिजोका नजिरहरू के हुन्छन्? यो सरकारविरुद्ध दर्ता हुने रिट, राजनीतिक दलहरूले उठाउन सक्ने सम्भावित आन्दोलन, प्रधानमन्त्रीमाथि लाग्ने अभियोग र विधिको पक्षमा रहने सामाजिक सञ्जालले खेल्ने भूमिका कस्तो हुने? जेनजीको नाममा सधैँ सडक तातिरहन्छ र विध्वंस भइरहन्छ ?
समग्रतामा देश अस्थिरतातर्फ धकेलिएको छ । सेना अर्को वार्ताको चाँजोपाँजो मिलाउन थाल्छ वा मूकदर्शक बनिरहन्छ? आज नेपाल यिनै ज्वलन्त प्रश्नहरूको भुमरीमा गोता लगाउँदै छ, डुब्छ कि पार पाउँछ, सायद कसैला थाहा छैन । थाहा पाउनेहरू परैबाट डुबोस् भन्ने दुष्कामना गरिहरो होलान् । हामी अस्थिरता, द्वन्द्व र अशान्तिको खाडलमा खस्ने क्रममा छौँ । यसपछिका सबै समस्याहरू तत्वमिांसिय (मेटाफिजिकल) हुनेछन् । प्रधानमन्त्री नियुक्तिविरुद्ध पर्ने रिट दरपिठ गर्ने कि सुनुवाइमा लैजाने वा बहस पैरवीको नाममा समय तन्काउँदै संसदीय निर्वाचनसम्म पु¥याउँने हो । विकासोन्मुख विश्वमा शासन कसले र कसरी गराउँछन् भन्ने कुरा नोमचोमर््स्कीद्वारा लिखित पुस्तक हु रुल्स द वल्र्डले विस्तृत बताएको छ ।
लेखक बाग्मती प्रदेश पूर्व प्रमुख हुन् ।











