Logo
Logo

कोरला जोड्ने घमी खोला पुल सात वर्षदेखि अलपत्र


189
Shares

मुस्ताङ । कालीगण्डकी करिडोरअन्तर्गत कोरला जोड्ने मुस्ताङको घमी खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष बित्दासमेत अधुरै छ ।

रु ६ करोड ८० लाखको लागतमा २०७५ पुसमा ठेक्का दिइएको पुल २०७८ पुसमा सम्पन्न हुने लक्ष्य थियो, तर निर्माण कम्पनीको ढिलासुस्तीले काम अझै नसकिएको हो ।

४० मिटर लम्बाइ र ११ मिटर चौडाइको एक स्पान पुलको हालसम्म ७५५ काम मात्र सम्पन्न भएको छ। पछिल्लो म्यादसमेत सकिएपछि निर्माण कम्पनीलाई २०० दिनको जरिवानासहितको म्याद थपिएको छ । यदि काम अघि नबढे ठेक्का रद्ध गर्ने तयारी छ ।

घमी खोलाको पुल नबन्दा कोरला नाकासम्म कन्टेनर र विद्युतीय सवारी आवतजावतमा समस्या परेको छ , यद्यपि अन्य अधिकांश नदीमा पक्की पुल निर्माण भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्