Logo
Logo

बाजुराका स्याउ प्लेनमार्फत धनगढी र नेपालगञ्जका बजारमा


- नन्दा थापा/दृष्टि न्युज संवाददाता


बाजुरा, १ असोज । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउ नेपालगञ्ज र धनगढी बजारमा पुगेका छन् । कृषि ज्ञान केन्द्रको ढुवानी अनुदान स्वामिकार्तिको जुकोटमा फलेका ५० क्विन्टल स्याउ नेपालगञ्ज र धनगढी पुर्याइएको सूचना अधिकारी मीनप्रसाद जैशीले बताएका छन् ।

स्याउ विमानबाट नेपालगञ्ज हुँदै धनगढीमा पठाएको हो । सडक समस्याले विमानबाटै ढुवानी गर्नुपरेको कृषि ज्ञान केन्द्रले बताएको छ । ढुवानी अनुदानसहित स्याउको बजारीकरण र बजार प्रवद्र्धनका लागि स्याउ नेपालगञ्ज र धनगढी पठाइएको हो ।

अघिल्लो वर्ष पनि धनगढी, नेपालजञ्ज, बुटवलसहीत काठमाडौंसम्म पुर्याइएको थियो । स्याउ किसानका लागि हौसला प्रदान गर्न र बाजुराको अग्र्यानिक स्याउको बजारीकरण गर्न कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान दिने गरेको कार्यालय प्रमुख गोविन्द सिँजापतीले बताएका छन् । बाजुराबाट विमानमार्फत ढुवानी गरिएका स्याउ धनगढीमा ११० र नेपालगञ्जमा १०० रुपैयाँमा बिक्री हुने बताइएको छ । किसानको बारीबाट ३० देखि ५० रुपैयाँ प्रतिकेजीमा स्याउ संकलन गरिएको हो ।

यो वर्ष अघिल्लो वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत उत्पादनमा गिरावट आएको छ । लगातारको पानीका कारण स्याउ नफलेको र फलेका स्याउ पनि सडक समस्याले ढुवानीमा समसया देखिएको छ । आज पहिलोपटक जुकोट, साप्पाटाका स्याउ विमानबाट धनगढी नेपालजञ्ज पुर्याइएको छ भने पाण्डुसैन, कोल्टीलगायतका स्थानमा फलेका स्याउ भने बोकेर ल्याउनुबाहेक अर्को विकल्प नै छैन । बोकेर ल्याएर स्याउ बजारमा महँगो मूल्यमा पुग्ने हुँदा पनि किसानलाई थप समस्या हुने गरेको छ । सडक समस्याकै कारण स्याउ बारीमै थन्किने अवस्था आइपुगेको छ ।

बाजुराका अग्र्यानिक स्याउको धनगढीमा मन्त्री शाहद्वारा उद्घाटन

जिल्लाको अग्र्यानिक स्याउको धनगढीमा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्धघाटन गरेका छन । जस्ले एक पटक खायो उसले स्वाद थाहा पायो भन्ने मूल नाराका साथ कृषि ज्ञान केन्द्रको पहलमा स्याउ धनगढी पुगेपछि मन्त्री शाहले उद्घाटन गरेका हुन् । स्वामीकार्तिक खापर गाउँपालिकाबाट मान्छे र ट्याक्टरमार्फत कोल्टी विमान स्थल हुदै हवाई जहाज मार्फत धनगढी पठाएको हो । स्याउको मन्त्री शाहले व्यापारीक केन्द्रमै पुगेर उद्धघाटन गरेका छन् ।

जिल्लाको अग्र्यानिक स्याउ प्रदेश राजधानी धनगढीमा पुगेको छ । कृषि ज्ञान केन्द्र बाजुराको पहलमा सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकाश कार्यक्रम मार्फत बजारीकरण र स्वामीकार्तिक खापर गाउपालिकाको समन्वयमा स्याउ धनगढी तथा नेपालगन्जका बजारमा पठाएको छ । यो बर्ष बाजुरामा आएको बाढी पहिरोबाट सडक अबरुद्ध हुँदा कोल्टीबाट धनगढी र नेपालगन्जसम्म हवाइजहाजमार्फत पठाएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीनप्रसाद जैशीले बताएका छन् ।

स्याउको उद्घाटन गर्दै मन्त्री शाहले स्याउको लागि प्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने, सुदूरपश्चिमलाई फलफुल, तथा तरकारीमा आत्मनिर्भर बनाउन प्रदेश सरकार विभिन्न कार्यक्रममार्फत लागिपरेको उद्घाटन कार्यक्रममा बताएका छन । यतिबेला बाजुराको अर्गनिक स्याउ धनगडी र नेपालगन्जका बजारमा प्रशस्त मात्रामा उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्