Logo
Logo

बैंकहरुले कात्तिकमा थप घटाए ब्याजदर, कुन बैंकको कति ?


1.2k
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२६३ प्रतिशत विन्दुले घटेको छ ।

असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.४६३५ प्रतिशत रहेकोमा कात्तिक महिनाका लागि ५.२००५ प्रतिशत कायम भएको छ ।

कात्तिकमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.१९ प्रतिशत घटेर ३.६८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.८७ प्रतिशत ब्याजदर थियो । कात्तिक महिनाका लागि १४ वटा बैंकले ब्याजदर घटाउँदा ६ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् ।

त्यस्तै नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकमा ब्याजदर स्थिर राखेका छन् । कुनै पनि वाणिज्य बैंकले ब्याजदर असोजको तुलनामा कात्तिकका बढाएका छैनन् ।

बैंकअसोजको ब्याजदरकात्तिकको ब्याजदर
कृषि विकास५.०५४.९५
एभरेस्ट५.२५५.००
नेपाल५.२५५.२५
लक्ष्मी सनराइज५.२५५.००
माछापुच्छ्रे६.००५.००
एनआईसी एसिया६.००५.७५
प्रभु५.३५४.९५
स्टान्डर्ड चार्टर्ड५.१८५.००
राष्ट्रिय वाणिज्य५.५०५.५०
नबिल५.५०४.९५
ग्लोबल आईएमई६.००६.००
सिद्धार्थ५.५०५.५०
प्राइम कमर्सियल५.५०५.००
कुमारी५.०१५.०१
सानिमा५.२५५.१५
हिमालयन६.००६.००
नेपाल एसबीआई५.१८५.००
इन्भेस्टमेन्ट मेगा५.२५५.००
एनएमबी६.००५.००
सिटिजन्स५.२५५.००

प्रतिक्रिया दिनुहोस्