Logo
Logo

आनीको १८ करोडमा चलखेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खोजी गर्दा नभेटिएकी गायिका आनी छोइङ डोल्मालाई पर्यटन मन्त्रालयले महत्वपूर्ण पदमा नियुक्त गरेको छ । उनलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको सदस्यमा नियुक्त गरेको हो । ‘हामीले बयानका लागि बोलाउँदा प्रहरीले उपस्थित हुन नसकेको बताएको छ,’ विभागका एक अधिकारी भन्छन्, ‘तर छानबिनमै रहेका बेला सरकारले उनीलाई नियुक्त गरेको देख्दा अचम्म लागेको छ ।’

गायिका डोल्माले विभिन्न सामाजिक कामका गर्दै आएकी छिन् । आर्य–तारा फाउन्डेसन, आर्य–तारा स्कुललगायत संस्थामार्फत उनले सामाजिक काम गर्दै आएकी छिन् । बिदेशबाट सहयोगमार्फत पैसा ल्याउँदा पनि उनले प्रक्रिया पूरा नगरेको विभागको दाबी छ ।

छानबिनबाट उन्मुक्ति दिनकै लागि त्यसरी नियुक्त गरिएको आशंका गरिएको छ । उनको बिदेशबाट आएको करिब १८ करोड रुपैयाँको डेढ वर्ष हुँदा पनि छानबिन सकिएको छैन । उनको मेगा बैंकमा रहेको खाता नम्बर ००१००५००३९४२४ मा रहेको पैसा विभागले रोक्का राखी छानबिन गरिरहेको छ ।

२०७५ सालको २६, २७ र २८ वैशाखमा हङकङबाट उनको खातामा पैसा आएको थियो । २६ गते पाँच लाख ७९ हजार नौ सय ८०, वैशाख २७ गते पाँच लाख ३९ हजार नौ सय ८० र वैशाख २८ गते पाँच लाख २९ हजार नौ सय ८० अमेरिकन डलर आएको थियो । सो रकम शंकास्पद भएको भन्दै उनको खाता रोक्का राखेर अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेपछि छानबिन भएको थियो । अहिलेसम्म आनीले सो पैसाको स्रोत खुलाउन नसकेको विभाग स्रोत बताउँछ । विभागले उनलाई सोधपुछका लागि बोलाएपनि उनी उपस्थित भएकी छैनन् । विभागले प्रहरीलाई समेत उपस्थित गराउन पत्राचार गरेपनि फेला नपरेको जवाफ आएको विभागका एक अधिकारीले बताए । तर, सो रकम फुकुवा गर्न सत्तानिकट केही व्यक्तिहरु लागिपरेको संकेत उनको नियुक्तिले दिएको छ ।

गायिका डोल्माले विभिन्न सामाजिक कामका गर्दै आएकी छिन् । आर्य–तारा फाउन्डेसन, आर्य–तारा स्कुललगायत संस्थामार्फत उनले सामाजिक काम गर्दै आएकी छिन् । बिदेशबाट सहयोगमार्फत पैसा ल्याउँदा पनि उनले प्रक्रिया पूरा नगरेको विभागको दाबी छ ।

सामाजिक काममा सहयोग ल्याउँदा पनि प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । तर, आनीले बिदेशबाट पैसा ल्याउँदा प्रक्रिया पूरा गर्न नसकेकाले समाजसेवाका नाममा सो पैसा अन्य गतिविधिका लागी आएको आशंका गरिएको छ ।

उता जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनको नागरिकताको समेत छानबिन गरिरहेको छ । उनले फर्जी कागजपत्रका आधारमा नागरिकता लिएको प्रारम्भिक छानबिनमा खुलेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीमार्फत छानबिन थालेको थियो । जसमा स्थानीयहरुले उनलाई नचिनको भनेर बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्