Logo
Logo

विप्लवले स्वाधीनता र समाजवादका पक्षधरहरूलाई वार्तामा बोलाए


1k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले स्वाधीनता र समाजवादका पक्षधरहरूलाई यही कात्तिक २० गते काठमाडौंमा भेला हुन आह्वान गरेका छन् ।

The current image has no alternative text. The file name is: biplap.gif

‘नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो’ भन्दै उनले नेपाली समाजवादीहरूसँग छलफल गर्न काठमाडौं आउन अपिल गरेका हुन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत गरेको आह्वानमा उनले कार्यक्रमको विस्तृत विवरण भने खुलाएका छैनन् ।

उनले लेखेका छन्, ‘नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो। अरूले होइन, नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल र परजीवीहरू समाप्त हुनेछन्, तब देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ। स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ, साथीहरू ।’

प्रतिक्रिया दिनुहोस्