Logo
Logo

कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्छ: पूर्णबहादुर खड्का


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले जनताले काँग्रेसलाई एकताबद्ध भएर अघि बढोस् भन्ने अपेक्षा राखेको बताएका छन् ।

तरुण दलले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै खड्काले विगतमा पार्टीका तर्फबाट भएका कमी कमजोरीलाई स्विकार्दै अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । 

जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अझै एकताबद्ध भएर अघि बढ्न सन्देश दिएको उनले बताए ।

उनले भने, ‘नेपाली कांग्रेस आफ्ना बीचमा भएका समस्यालाई समाधान गर्दै, कतिपय विषयलाई थाती राख्दै बृहत् एकताबद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, राष्ट्रले विगतको इतिहासको कालखण्डजस्तै नेपाली कांग्रेसबाट अपेक्षा गरेको छ, आशा गरेको छ । हाम्रा विगतमा भएका कमीकमजोरीलाई स्विकार्छौँ भन्दै नेपाली कांग्रेस संविधान र परिवर्तनको रक्षाका लागि, अधिकारलाई रक्षा गर्ने कुरालाई शिरमा राखेर हामी एकताबद्ध भएर अघि बढ्छौँ ।’

उनले तरुण दल धैर्य र संयम भएर जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने बताए । उनले भने, ‘आज हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौं । यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु, अत्यन्तै जुझारुपनका साथ तर अनुशासित भएर, धैर्यता, संयमता र जिम्मेवारीबोधका साथ देशको रक्षाका लागि एकताबद्ध हुनुछ । तरुणले आफूलाई तिखार्नुछ ।’ 

उनले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य निरन्तर सुधार हुँदै गएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्