Logo
Logo

किष्ट अस्पतालमा तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


882
Shares

काठमाडौं । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको किष्ट अस्पताल तोडफोड गरेका छन् । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् ।

अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेका हुन् । प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरबितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार गरेको छ ।

सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रवार राति मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्