Logo
Logo

अन्नपूर्ण बेस क्याम्पमा बाक्लो हिमपात, जनजीवन प्रभावित


378
Shares

काठमाडौं । अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा बाक्लो हिमपात भएको छ । गएरातिदेखि ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण गाउँपालिका ११, अन्नपूर्ण बेसक्याम्पमा हिमपात भइरहेको हो ।

अहिले बेसक्याम्पमा आन्तरिक तथा बाह्य पर्यटकहरु छन् । हिमपातसँगै चिसो बढेकाले त्यहाँको जनजीवन प्रभावित भएको छ । तर बालीनाली सप्रिने भएकाले स्थानीय भने खुसी छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अरब सागरमा विकसित न्यूनचापीय प्रणालीको असरले नेपालमा आज र भोलि वर्षा तथा हिमपात हुने छ ।

प्रतिक्रिया दिनुहोस्