काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि तोकिएको स्थानहद असंवैधानिक र गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गर्दै ओलीलाई काठमाडौं उपत्यका बाहिर जान रोक लगाउनु कानुनविपरीत भएको दाबी गरेका छन्। सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार रिट निवेदन दर्ता प्रक्रियाअघि अध्ययन चरणमा रहेको छ।
रिट निवेदन ओलीको तर्फबाट नभई सार्वजनिक चासो (Public Interest Litigation) का रूपमा दायर गरिएको बताइएको छ। सामान्यतया कुनै व्यक्तिलाई थुनामा राख्ने वा स्थानहद तोक्ने सरकारी निर्णयविरुद्ध सम्बन्धित व्यक्तिले नै कानुनी उपचार खोज्ने अभ्यास रहे पनि यसपटक तेस्रो पक्षबाट रिट परेको हो।
२३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिको अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसअनुसार सरकारले ओलीलाई काठमाडौं उपत्यका बाहिर जान अनुमति नदिने निर्णय गरेको छ।
यो पनि पढ्नुहोस्














