Logo
Logo

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, ललितपुर धोबिघाटस्थित मुस्कान होम अफ होपलाई रु २ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने छ ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्वप्रसाद जोशीले मुस्कान होमका अध्यक्ष श्रीमती सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गर्नुुभयो । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकताअनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आइरहेको विज्ञप्तिमार्फत सहर्ष जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्