Logo
Logo

महालक्ष्मी विकास बैंकका ऋणीलाई १० प्रतिशत व्याज छुट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकलाई राहत पु¥याउने उद्देश्यले ऋणीले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारिताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदरसमेत घटाएको जनाएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकका ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्