
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका दुई सहायक रथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सिग्देलले सहायक रथीमा बढुवा भएका हिम्मत बहादुर बिष्ट र विष्णु कुमार खड्कालाई आज जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सो अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँचजना प्रमुख सेनानीलाईसमेत सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे ।











