Logo
Logo

ग्लोबलआइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपालबीच महासंघसँग आबद्ध नेपालभरमा रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई जनचेतना बढाएर सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरलताका साथ बैकिङ कारोबारको पहुँच भित्रयाउने विषयसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् । होटल व्यवसायी महासंघ नेपालसँग आवद्ध व्यवसायीलाई आर्थिक कारोबारमा सघाउ पु¥याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पु¥याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

यसका साथै महासंघसँग आबद्ध व्यवसायीका लागि बैंकले आवश्यकतानुसार बैंकिङ एवं वित्तीय साक्षारतासम्बन्धी तालिमसमेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । यस्तो सुविधा लिनको लागि महासंघसँग आबद्ध सम्पूर्ण व्यवसायीहरुले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघसंस्थासँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्