Logo
Logo

जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन


3.1k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने भनेको हो ।

आइतबारदेखि सोधपुछ र बयान थालेको जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनैपनि बेला उपस्थित गराउनसक्ने भन्दै हेडक्वार्टरले पत्र पठाएको हो ।

आइतबार नख्खु कारागारका जेलरसँग आयोगले सोधपुछ गरेको थियो । जेनजी आन्दोलनका क्रममा गोली प्रहारबाट भदौ २३ मा २२ जनाको ज्यान गएको थियो भने हालसम्म ७८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्