Logo
Logo

नेपाल फाइनान्सको २७ औँ वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको २० देखि २७औं बार्षिक साधारणसभा कोभिड–१९ जस्तो महामारीको बाबजुत सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट २०७७ असोज १० संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा सञ्चालकहरु अध्यक्ष प्राध्यापक हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दीप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र सञ्चालक आनन्दकृष्ण ताम्राकारलगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा सम्पन्न भएको छ ।

सो साधारणसभाले संंस्थाको अधिकृत पूँजी १ अर्ब र जारी तथा चुक्ता पूँजी ८४ करोड २ लाख बनाउने निर्णयसमेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग वर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो । साथै साधारणसभाले यसका लागि प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ ।
२०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकालदेखि हालसम्म आफ्नै इतिहास बोकेको छ । यसको हालसम्मको यात्रामा विभिन्न प्रकारका सफलताहरुका साथै कडा कठिनाइको चुनौतीहरुलाई सामाना गर्दै अघि बढिरहेको छ ।
यस संस्थालाई नयाँ ढंगले आफै संचालन गर्न सकिन्छ भन्ने अठोटका साथ केहि नयाँ शेयरधनीहरु समेतको सक्रियतामा यस संस्थाको चुक्तापूँजी रु ८४ करोड २लाख ६५ हजार ५९४ पु¥याउन १ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव यसै साधारणसभाबाट पारित भएको छ । संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारणसभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ जस अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको छ ।

हाल संस्थाको सुधार कार्यक्रमअन्तर्गत केही अत्यावश्यक भौतिक सामग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ । अव आउने दिनहरुमा संस्थालाई आधुनिकिकरण गर्दै लैजाने रणनीति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्