Logo
Logo

मधेश प्रदेश भवन गेटमा सात दलले दिए धर्ना


567
Shares

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोधमा सात दलका सांसदले मधेश भवन अगाडि धर्ना दिएका छन्न । मुख्यमन्त्री यादव नियुक्ति असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू सोमबारदेखि आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनमा उत्रिएका सात दलका सांसदलाई मधेश प्रदेश भवनमा प्रवेश गर्न नदिएपछि उनीहरू मुख्य गेटमै धर्ना दिएका छन् । नवनियुक्त मुख्यमन्त्री यादवलाई मधेश भवन प्रवेश गर्न नदिनका लागि सात दलका सांसदसहित कार्यकर्ताहरू गेट टायर बालेर बिहानैदेखि प्रदर्शनमा उत्रेका हुन् ।

मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सांसदहरू सडकमा धर्नामा बसेपछि आवतजावत ठप्प बनेको छ।

एमाले, राप्रपा र सङ्घीय समाजवादीबाहेकका दलहरू आन्दोलनमा उत्रिएका हुन् । रातारात प्रदेश प्रमुखले एमालेका सरोजकुमार यादवलाई बर्दिबासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरी शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्