काठमाडौं। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रदेशसभामा पद अनुकुल आचारण नगरेको भन्दै ७ दलले पदमुक्त गर्न प्रस्ताव दर्ता गराएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालसहित ७४ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा सभामुखले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्न माग गरिएको छ ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारीलाई बोल्ने मौका दिएर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि उनी एकपक्षीय ढङ्गले अघि बढेको सात दलको आरोप छ ।











