जनकपुरधाम । मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठकलाई सात दलीय गठबन्धनले बहिष्कार गरेको छ । आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक बोलाएका थिए ।

तर, वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव नेकपा (एमाले) संसदीय दलका नेताको हैसियतमा बैठकमा सहभागी हुने भएकाले अन्य दलहरूले बहिष्कार गरेका हुन् । मुख्यमन्त्री यादव भने बैठकमा पुगेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटलमा सपथ लिएका मुख्यमन्त्री सो बैठकमा उपस्थित हुने भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताए ।











