
काठमाडौं । नेपाल टेलिकमको दूरसञ्चार सेवा उपभोग गरेबापतको बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने भएको छ ।
टेलिकमले आइतबार सूचना जारी गर्दै ०७९/०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेमा जरिवाना छुट हुने जानकारी दिएको हो । टेलिकमले यो अवसरको लाभ लिन बक्यौता बाँकी भएका सबै ग्राहकहरूलाई अनुरोध गरेको छ ।
त्यस अवधीमा पनि बक्यौता भुक्तानी नगरे त्यस्ता ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशित गर्ने, वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।












