Logo
Logo

मंसिरमा १० वाणिज्य बैंकले ब्याजदर घटाए, कुन बैंकको कति ?


882
Shares

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले औसत ब्याजदर थप घटाएका छन् । ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो ।

कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको छ ।

कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.०४०५ प्रतिशत कायम भएको छ ।

व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशत कायम भएको छ । कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् । १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । १० बैंकले स्थिर राख्दा १० बैंकले नै ब्याजदर घटाएपछि औसतमा घटेको हो ।

ब्याजदर घटाएका बैंकमा एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।

त्यस्तै स्थिर राखेकामा कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक छन् ।

बैंककात्तिकको ब्याजदर %मंसिरको ब्याजदर %
कृषि विकास४.९५४.९५
एभरेस्ट
नेपाल५.२५५.२५
लक्ष्मी सनराइज
माछापुच्छ्रे
एनआईसी एसिया५.७५
प्रभु४.९५४.९५
स्टान्डर्ड चार्टड४.७
राष्ट्रिय वाणिज्य५.५५.५
नबिल४.९५४.७५
ग्लोबल आईएमई
सिद्धार्थ५.५
प्राइम कमर्सियल४.७५
कुमारी५.०१४.९१
सानिमा५.१५
हिमालयन५.५
नेपाल एसबीआई४.८
इन्भेस्टमेन्ट मेगा
सिटिजन्स ४.७५
एनएमबी

प्रतिक्रिया दिनुहोस्