Logo
Logo

सशस्त्रमा तीन डीआईजी थप, दंगा नियन्त्रणका लागि छुट्टै गण बनाइयो


5.9k
Shares

काठमाडौं । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बलमा कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्यूरोको कमाण्डका लागि तीन जना डीआईजीको दरबन्दी थप गरेको छ।

The current image has no alternative text. The file name is: APF-hedquter.jpg

यसअघि यी युनिटको कमाण्ड एसएसपीले गर्दै आएका थिए । नयाँ व्यवस्था अनुसार अब यी तीन युनिट डीआईजीको नेतृत्वमा सञ्चालन हुनेछन् । यससँगै सशस्त्र प्रहरी बलमा कुल २१ डीआईजी पुगेका छन्, जसमा २ प्राविधिकसहित १८ डीआईजी थिए ।

त्यस्तै, कीर्तिपुरस्थित निलबाराही गणलाई दंगा नियन्त्रण गणमा रूपान्तरण गरिएको छ । यसअघि एसपीले कमाण्ड गर्दै आएको गण अब एसएसपीको नेतृत्वमा सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्