Logo
Logo

नारायणी पुलमा दुई रात सवारीसाधन रोक, एप्रोच सडक कालोपत्रको तयारी


882
Shares

चितवन । नारायणगढ चितवन र गैंडाकोट नवलपुर जोड्ने नारायणी पुलमा दुई रात सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

The current image has no alternative text. The file name is: Narayani-Bridge.jpg

नारायणगढ–बुटवल सडक योजनाका इन्जिनियर शिव खनालका अनुसार, ५ र ६ मंसिरको रात ११ बजेदेखि बिहान ४ बजेसम्म पुलको पश्चिमतर्फको एप्रोच सडकमा कालोपत्र गर्न सवारी रोकिनेछ।

बुटवलबाट नारायणगढतर्फ आउने यात्रुबाहक सवारी थुम्सी–भेडाबारी र मालबाहक सवारी बेल्डिहा–प्रगतिनगर मा रोकिनेछ। नारायणगढबाट बुटवलतर्फ जाने यात्रुबाहक सवारी रामनगर–जुगेडी र केन्द्रीय बसपार्क–गोन्द्राङ मा रोकिनेछ भने मालबाहक सवारी जुगेडी–दासढुंगा र गोन्द्राङ–टिकौली मा रोक लगाइनेछ।

सडक योजनाले यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न सवारी चालकहरूलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्