Logo
Logo

बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत


882
Shares

काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकको राजीनामा २ महिनापश्चात् स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै सभामुख पाठकले २०८२ असोज १ गते नै राजीनामा दिएको जानकारी गराएको हो ।

The current image has no alternative text. The file name is: pathak.jpg

उनले उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए । प्रदेश सभा नियमावली २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जानकारी दिए । उनी राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएपछि सभामुख भएका थिए ।

प्रतिक्रिया दिनुहोस्