
काठमाडौं । आज घोषणा हुन लागेको प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने भएको छ । नेता सुदन किराँतीले केन्द्रीय सदस्य तत्काललाई १५१ सदस्यीय हुने सहमति भएको जानकारी दिए ।
साथै उनले एउटा अध्यक्ष मण्डल वा परिषद मानेर क्लस्टरका आधारमा ५–६ जनाको नेतृत्व घोषणा गरिने र त्यसैले नै कार्यकारी भूमिका निर्वाह गर्ने बताए ।
केन्द्रीय समिति चयन गर्दा पूर्वपार्टीको भनेर भागबन्डा नहुने र शीर्ष नेताहरू कार्यकारी जिम्मेवारीमा नरहे पनि केन्द्रीय समितिमा भने अटाउने उनले जानकारी दिए ।
नेता किराँतीका अनुसार पार्टीको चुनाव चिह्न आँखा र झन्डा पनि आँखा अंकित राखिनेमा करिब सहमति जुटेको छ । पार्टीको मार्गनिर्देशक सिद्धान्त प्रगतिशील समाजवाद रहने छ ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच आज एकता हुँदैछ ।











