Logo
Logo

बसपार्कमा तेस्रो लिंगी हत्या घटना : एक जना पक्राउ


4.9k
Shares

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ स्थित नयाँ बसपार्क नजिकै तेस्रो लिङ्गीको हत्या भएको घटनामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले  हत्या आरोपमा एक जनालाई पक्राउ गरेको हो । ती व्यक्तिको पहिचान भने खुलाइसकेको छैन ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

पक्राउ परेका व्यक्तिसँग प्रहरीले  सोधपुछ गरिरहेको छ । शनिवार दिउँसो बसपार्क नजिकैको सडक किनारमा तेस्रो लिङ्गीको शव भेटिएको थियो । शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुलका गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो ।

सोही तन्नालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा उक्त तन्ना कुन होटलको भन्ने खुलेको थियो । त्यसपछि उक्त होटल बस्ने व्यक्तिको विवरण केलाएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तेस्रो लिङ्गीको श पोस्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्