Logo
Logo

ईश्वर कार्की एआईजीमा बढुवा


2.3k
Shares

काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजी ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समिति सिफारिस अनुसार उनलाई बढुवा गर्ने निर्णय गरेको हो ।  

The current image has no alternative text. The file name is: karki-1.jpg

कोशी प्रदेशका प्रहरी प्रमुख समेत रहेका  कार्की पहिलो नम्बरमा सिफारिस भएका थिए । काठमाडौं उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो ।

नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी रहेकोमा हाल ७ जना कार्यरत छन् । एआईजीको दरबन्दी प्रहरी प्रधान कार्यालयमा ५ जना र ३ जनाको बाहिर छ । मुख्यालयमा मानवस्रोत विकास विभाग, प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग छन् ।

यस्तै प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र सीआईबीमा पनि एआईजी नै कार्यरत छन् । एआईजीकै दरबन्दी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय भने प्रमुखविहीन छ ।

प्रतिक्रिया दिनुहोस्