Logo
Logo

‘हुन्न रहेछ परदेशमा’ बोलको म्युजिक भिडियो सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असोज । वैदेशिक रोजगारमा रहेका सम्पूर्ण नेपालीहरुप्रति समर्पित मार्मिक गीत ‘हुन्न रहेछ परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । परदेशको पीडा समेटिएको यस गीतमा स्वर गायक कमल रेग्मी रहेको छ भने शब्द श्रीकृष्ण अधिकारीको रहेको छ । यस गीतलाई कमल रसाइलीले संगीतवद्ध गरेका हुन् । गीतमा टेकेन्द्र याक्शोको संगीत संयोजन रहेको छ ।

कोरना कहरबीच सार्वजनिक गरिएको भिडियोमा कोरनाको कारण यसपटकको दशैँ, तिहारमा घर आउन नपाउनुको दुःख, पीडा पोखिएको छ । म्युजिक भिडियोमा सारिका केसी र श्रीकृष्ण अधिकारी मुख्य भूमिकामा फिचर्ड छन् भने साथमा कशिश रेग्मी र प्रतिक अधिकारीको अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । शिव विकको निर्देशनमा भिडियो तयार पारिएको हो ।

यस गीतका रचनाकार र कलाकार अधिकारी लामो समय विदेशमा काम गरेर हाल नेपालमा आधुनिक कृषि व्यवसायमा संलग्न छन् र गायक रेग्मी पनि विदेशमा काम गरेको अनुभवलाई समेट्दै हाल कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन् । निर्माण टिमले सम्पूर्ण नेपालीहरुलाई दशैँको अग्रिम शुभकामना व्यक्त गर्दै यस गीतलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्