Logo
Logo

काठमाडौं उपत्यका प्रहरीको कमाण्ड एआईजी कार्कीलाई


882
Shares

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पाएका छन्।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो । एआईजी दानबहादुर कार्की २४ कात्तिकमा आईजीपीमा नियुक्त भएसँगै एआईजीविहीन थियो ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत कार्कीलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । एआईजी कार्की आईजीपी दानबहादुर कार्कीकै ब्याची हुन्।

प्रतिक्रिया दिनुहोस्