काठमाडौं । नेकपा एमालेले फागुन २१ को निर्वाचनमा भाग लिने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
नागरिकका प्रधान–सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनको मुद्दासँगै चुनावी तयारी गरिरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले फागुन २१ मा एमालेका कारण चुनाव हुँदैन भन्ने अफवाह फैलाइएको पनि बताए। उनले निर्वाचन नभए त्यसको सम्पूर्ण दोष सरकारकै हुने जिकिर गरेका छन्।
निर्वाचनमा एमाले जाने भए पनि पार्टीको बटमलाइन भने प्रतिनिधिसभा पुनर्स्थापना नै रहेको ओलीको भनाइ छ। त्यसो त एमालेले पछिल्लो समय प्रतिनिधि सभा पुनस्र्थापनाका लागि जनदबाब भन्दै सडक प्रदर्शन, भेला, सभा आयोजना गरिरहेको छ।
विघटित प्रतिनिधि सभा बैठक राखेर एमालेले प्रतिनिधि सभा विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने बताएको थियो। तर एमालेले रिट भने दर्ता गराएको छैन।











