
काठमाडौं । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका एक पुरुषको मृत्यु भएको छ ।
मङ्गलबार साँझ लालबन्दी नगरपालिका– ७ मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
गम्भीर घाइते भएका पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचार गरी प्रहरीले राति नै थप उपचारका लागि प्रादेशिक अस्पताल लगेको थियो । तर, उपचारकै क्रममा आज बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।











