
काठमाडौं । नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । गएराति पौने १२ बजे हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ३० वर्षीय सन्तकुमार विकले कुटपिट गर्दा बुवा ६० वर्षीय रामबहादुर विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र झै–झगडा हुँदा सन्तकुमारले आफ्ना बुवा रामबहादुरलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
उनलाई उपचारका लागि मध्यबिन्दु अस्पताल डण्डा लगिएको थियो । तर, अस्पतालका डाक्टरले रामबहादुरलाई गएराति सवा १२ बजे नै मृत घोषणा गरेको हो ।
कुटपिट गर्ने सन्तकुमारलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।











