Logo
Logo

नवनियुक्त मुख्यसचिव अर्यालले सार्वजनिक गरे २५ बुँदे प्राथमिकता (सूचीसहित)


693
Shares

काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले आफ्नो कार्यकालका २५ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन्। उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई पहिलो प्राथमिकता र भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्थालाई दोस्रो प्राथमिकता तय गरेका छन्।

The current image has no alternative text. The file name is: suman-raj-aryal.jpg

पदबहालीपछि सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै अर्यालले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सम्पूर्ण प्रशासन, सुरक्षा निकाय र सम्बन्धित संस्थाबीच मजबुत समन्वय गर्ने प्रतिबद्धता जनाए।

जेन–जी आन्दोलनको सन्देशलाई उल्लेख गर्दै उनले निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रका रूपमा रुपान्तरण गर्ने लक्ष्यसमेत प्रस्तुत गरे।

प्रतिक्रिया दिनुहोस्