काठमाडौँ । नेपाली काँग्रेस गोरखा क्षेत्र नम्बर-२ का क्षेत्रीय सभापति गोविन्द गुरुङले पार्टीमा अब गगन थापा र विशेष महाधिवेशनको विकल्प नभएको दाबी गरेका छन् ।

काठमाडौँको राष्ट्रिय सभा गृहमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा उनले यस्तो बताएका हुन् ।
‘कसैको नाम लिँदा पनि हामी अलमलिएको जस्तो देखिएको छ । अबको विकल्प भनेको, हामीले भन्नलाई लाज मान्न हुँदैन । आम युवाले अबको विकल्प गगन थापाको विकल्प छैन,’ गुरुङले भने ।
उनले उद्घोष गरे, ‘अब विशेष महाधिवेशनको पनि विकल्प छैन । गगन थापाको पनि विकल्प छैन।’ गुरुङले आफ्नो पेरिफेरिका नेताहरू भ्रष्टाचारमा लिप्त भएर अवसर लिन सक्ने अवस्था सिर्जना गरेको आरोप पनि लगाए ।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सामान्य रूपमा नलिइयोस् भन्न चाहन्छु । ५४ प्रतिशत महासमिति प्रतिनिधि नै अभियन्ता हुन् । अब ढिलो नगरी विशेष महाधिवेशनको पक्षमा पूर्ण रूपमा सङ्गठित हुनुपर्छ । भोलि हुने केन्द्रीय कमिटीको बैठकले पनि युवा जमातले परिवर्तित भएर जान विशेष महाधिवेशनको विकल्प छैन।’ उनले भने ।











