बारा । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बारा र पर्सामा गरी करिब ५० हजार नयाँ मतदाता थपिएका छन् । बारामा २४ हजार ८७० र पर्सामा २६ हजार ३४ मतदाता नयाँरूपमा दर्ता भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाराका सूचना अधिकारी मुकेशकुमार सिंहका अनुसार थपिएका मतदातामध्ये १० हजार ९६२ जनाले भौतिक रूपमा बायोमेट्रिक अद्यावधिक गराएका छन् भने १३ हजार ९८ जनाले राष्ट्रिय परिचयपत्रमार्फत विवरण पेश गरेका छन् ।
पर्सामा १५ हजार ४५ जना भौतिक उपस्थित भएर बायोमेट्रिक गरे भने १० हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्रबाट विवरण अद्यावधिक गरेका छन् । पर्साबाट ७२७ मतदाता अन्य जिल्लाका रहेका छन् ।
निर्वाचन कार्यालयले नयाँ मतदाताको विवरण रुजु गर्ने काम मंसिर २१ गतेबाट सुरु हुने जनाएको छ । अन्तिम नामावली प्रकाशनमा थपघट हुन सक्ने पनि उल्लेख गरिएको छ ।











