
काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवले राजीनामा दिएका छन् । उनले आज प्रदेश अध्यक्षको जिम्मेवारीसँगै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
देशको अहिलेको राजनीतिक अवस्थामा देश र मधेशको विकास तथा अधिकारको रक्षा मधेश केन्द्रित दलहरूबाट सम्भव नहुने भन्दै उनले पार्टीबाटै राजीनामा दिएका हुन् ।
‘मधेशी जनअधिकार फोरम नेपाल बाट राजनीति सुरु गरी हाल जनता समाजवादी पार्टीसम्म आउँदा सधैँ अन्याय, अत्याचार, शोषण तथा विभेद विरुद्ध अवाज उठाउँदा कैयन पटक थुना, जेल र मुद्दा मामिलहरू भोग्दै आफ्नो ज्यान समेतको प्रवाह नगरेको म आज मितिबाट सम्हाल्दै आएको पार्टीको जिम्मेवारी तथा पार्टीको धारण सदस्य समेतबाट राजीनामा गर्दछु’, उनले भनेका छन् ।











