Logo
Logo

मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट फुयाल र पाण्डेयको इजलासमा


315
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोक यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयलाई लिएर परेको प्रदेश सभाका सांसदहरुले दायर गरेको रिटमा सुनुवाइ गर्न सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

दुई वा दुईभन्दा बढी दलको सहमतिमा सरकार बन्ने अवस्था कायम रहेकै समयमा तत्कालीन प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाएकी थिइन् । उक्त नियुक्ति संविधानको मर्म विपरीत भएको रिट निवेदकहरूको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्