
एजेन्सी । हङकङमा बुधबार लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ भने ३०० जना भन्दा बढी बेपत्ता छन् ।
आगलागीमा परी ७६ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार राति स्थानीय समय अनुसार २ः ५० बजेतिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ ।
कम्प्लेक्समा आठ टावरहरू छन्, जसमा लगभग २००० अपार्टमेन्टहरू छन् । आगलागी शुरु भएको पाँच मिनेटमै ३२ तालासम्म फैलिएको थियो ।











