
काठमाडौं । सुनसरीमा तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक इटहरी–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा पछाडी सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको प्रहरीले जनाएको छ ।











