Logo
Logo

कांग्रेसका संस्थापन पक्षीय नेताहरू छुट्टै छलफलमा


252
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरू महाधिवेशनबारे छलफल गर्न भेला भएका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका संस्थापन पक्षीय नेताहरू नयाँ बानेश्वरमा भेला भएका हुन् ।

नयाँ बानेश्वरको आनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय नेताहरू छलफलमा रहेका केन्द्रीय सदस्य डा। रणबहादुर रावलले जानकारी दिए ।
भेलामा शीर्ष नेताहरूसहित ७० जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ ।

यसैबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवासँग महाधिवेशनबारे छलफल गर्दैछन् ।

सभापति देउवासँग बिहीबार साँझ पनि कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माले छलफल गरेका थिए । छलफल बिना निकर्ष्ष टुंगिएको थियो ।

सभापति देउवाले बिहीबार नै संस्थापन पक्षीय शीर्ष नेताहरूसँग पनि पार्टीमा देखिएको विवादबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्