काठमाडौं । कुमारी बैङ्क लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेड बिच बैङ्कका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिँदै आएको सेवाहरूमा बैङ्कका ग्राहकहरूलाई इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) मा १०० प्रतिशत छुट, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन-ए.बि.पि.यम, २४ घण्टा होल्टर ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत छुट साथै डाक्टरको परामर्श शुल्कमा ३० प्रतिशत र प्रयोगशाला परीक्षणमा २५ प्रतिशत सम्मको छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विगत २४ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रलाई निरन्तर सेवा प्रदान गर्दै आएको कुमारी बैङ्क लिमिटेडले स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरू प्रदान गर्दै आइरहेको छ ।











