Logo
Logo

क्यानभासमा हराउन रुचाउने सविना, कला-कर्ममै जीवन समर्पण


सविना तामाङ, चित्रकार

2.7k
Shares

उनी बाल्यकालदेखि नै चित्र बनाउन सौखिन् थिइन् । त्यही सौखले अहिले सविना तामाङ कुसल चित्रकार बनेकी छिन् । चित्रकार तथा मूर्तिकारसमेत रहेकी सविना भन्छिन्, ‘चित्रकारिता अहिले मेरो पेसा बनेको छ ।’ सविनाका लागि अहिले क्यानभाषमा रमाउनु दैनिकी बनेको छ । ‘दिनभर क्यानभासमा कुचोसँग खेल्दा एक किसिमको बेग्लै आनन्द हुन्छ’ सविना सुनाउँछिन् । दजनाँै चित्र र मूर्ति बनाएर प्रदर्शनमा ल्याइसकेकी सविना फाइन आर्टकी विद्यार्थी पनि हुन् । मूर्तिकलामा स्नातक गरेकी चित्रकार तथा मूर्तिकार सविना तामाङसँग रेजिना पाण्डेको जम्काभेट ।

चित्र बनाउन कहिदेदेखि सुरु गर्नुभयो ?

म बाल्यकालदेखि नै चित्र बनाउँथे । चित्र कोर्न मलाई धेरै रहर लाग्थ्यो । त्यही रहर र रुचिले गर्दा धेरै चित्रहरू बनाएँ । चित्र बनाउँदै जाँदा यही बिषयमा रुचि बढ्यो र फाइन आट्र्स विषय लिएर पढेँ । त्यसका साथसाथै मूर्तिकला पनि पढेँ । मास्टर डिग्रीचाहिँ संग्रालयमा गरँे । अहिले यही चित्र र मूर्ति बनाउने काममै व्यस्त छु ।

हिजोआज पनि यसैमा व्यस्त हो ?

हो, म मूर्ति बनाउनमै व्यस्त छुभन्दा फरक पर्दैन र आर्टस् बिषयमा एउटा प्राईभेट विद्यालयमा पढाउँछुु पनि । पढ्ने र पढाउने अनि चित्र र मुर्ति बनाउने काममै मेरो दिनचर्या बितिरहेको छ ।

तपाईँको चित्रकला र मूर्तिकला अनि विज्ञान संग्राहलय अलग अलग बिषय होइन र ?

मान्छेको आ–आफनो रुचि हो । मलाई सानैदेखि अलग–अलग बिषयमा पढ्न, ज्ञान लिन रुचि लाग्थ्यो । त्यही कारण क्यानभाषमा ब्रस र रंगहरूसँग खेलिरहँदा धेरै रमाइलो लाग्थ्यो । मलाई मूर्ति बनाउन पनि सौख लाग्यो र मुर्ति बनाउनतिर लागेँ । नयाँ केही गरौँ भन्ने उद्देश्यले विज्ञान संग्राहलय पढँे । किनभने, मलाई सानैदेखि पढ्ने र नयाँ कुरा सिकौँ भन्ने जिज्ञासा भइरहन्थ्यो ।

क्यानभाषमा रंगसँग खेलिरहँदा विज्ञान संग्राहलय पढ्न कसरी मन लाग्यो ?

मैले संग्राहलयमा काम गरिरहेकी थिएँ । संग्राहलयमा काम गर्दा पढ्ने रुचि जाग्यो । धेरै किताबहरू पढेँ । पढ्नेक्रम बढ्दै जाँदा संग्राहलय भन्ने बिषय पनि हुँदोरहेछ भन्ने थाहा पाएपछि यही बिषय पढेँ । जसले गर्दा धेरै बिषयको ज्ञानलिने अवसर मिलेको छ ।

चित्रकला र मूर्तिकलामा के फरक छ ?

चित्रकला जहाँ पनि एउटा योजना बनाएर रंग र ब्रससँग कोर्न सकिन्छ भने मूर्तिकलाको लागि स्टुडियोमा नै बसेर गर्नुपर्छ । एउटा मूर्तिले खोजेको जीवन्तता दिन सक्नुपर्छ ।

रंग, ब्रस र माटोसँग दैनिक खेलिरहँदा कस्तो अनुभव हुन्छ ?

निकै रमाइलो लाग्छ । साँच्चै भन्ने हो भने, म दैनिक आफ्नै स्टुडियोमा चित्रहरूसँगै रमाइरहेको हुन्छु । अरुको चित्र हेर्नु, नयाँ चित्र बनाउनु मेरो सोखमात्र होइन, मेरो काम पनि हो ।

अहिलेसम्म कति चित्र र मूर्ति बनाउनुभयो ?

चित्रमात्रै सयभन्दा माथि बनाएँ । त्यस्तै मूर्तिहरू पनि धेरै नै बनाइसकेकी छु ।

तपाईँको चित्र र मुर्ति कतिसम्ममा बिकेका छन् ?

१५वर्षको उमेरमा मैले पुुरानो बागमतीको पेन्टिङ बनाएकी थिएँ । त्यतिबेला मैले दुई हजार रुपैयाँ पाएकी थिएँ भने अहिले मूर्तिको दुई लाखसम्ममा गएको छ । त्यतिबेला मैले महिला सहिदको मूर्ति बनाएको थिएँ । कति काम कमिशनको आधारमा पनि गरेको छुु । राम्रै कमाई भएको छ ।

यो क्षेत्रमा कतिको प्रतिस्पर्धा छ ?

प्रतिस्पर्धा नै छ । अहिले यस क्षेत्रमा धेरैको उपस्थिस्ति देखिएको छ । यो बिषय पढ्न नयाँ पुस्ताको आगमन बढिरहेको छ । त्यसैले प्रतिस्पर्धा पनि बढ्दैछ । जुनै पनि पेसा तथा व्यवसायमा स्वच्छ प्रतिस्पर्धा हुनु रामै्रै हो ।

प्रायः कस्तो खालको चित्र बनाउनुहुन्छ ?

समाजकै गतिविधि, मौलिक समाज र भूगोलका मान्छेको कृयाकलापहरू बारेमा चित्र बनाउँछु भने मूर्तिचाहिँ माग अनुसारको बनाउँछु ।

बाल्यकालमा बनाएको कुनै चित्र याद छ ?

धेरै छन् । पहिले पेन्सिलले चित्रहरू बनाउँथेँ । जसमा हाम्रै वरिपरीका प्रकृति र क्रियाकलापहरू नजिक रहेर चित्र बनाएँ । मलाई कुनै बिषयवस्तुले मन छोयो भने चित्र कोरिहाल्थेँ । त्यसबेला बनाएका सबै चित्रहरू मेरो लागि यादगार हुन्थेँ । अहिले पनि सम्झिरहेकी छु ।

तपाईँले प्रयोग गर्ने रगंहरू कतिको महँगा छन् ।

कस्तो खालको चित्र बनाउने ? कस्तो रंग प्रयोग गर्ने भन्नेमा भर पर्छ । चित्रअनुसार रंग प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले यकिनका साथ भन्न सकिन्न किनकि, रंगहरू सामान्यदेखि महँगा पनि छन् ।

तपाईँको पेसामा परिवारको प्रतिक्रिया के छ ?

सुरु सुरुमा के चित्र बनाएर बसेको ? के बिषय पढेको ? अरु बिषय पढेर जागिर खाएको भए राम्रो हुन्थ्यो नि भन्नुहुन्थ्यो । तर, यही बिषयमा पढेर काम गर्न थालेपछि परिवारले पनि बुझ्दै गए । अहिले सबैको साथ र हौसला मिलेको छ । परिवार पनि खुशी छन् ।

नेपालमा चित्र र चित्रकारहरूको अवस्था कस्तो छ ?

विस्तारै राम्रो हुँदैछ । चित्रकारिताप्रति रुचि राख्ने र यो कलाले पनि जीवन धान्न सकिन्छ भनेर यो क्षेत्रमा आउनेहरू बढिरहेका छन् । आट्र्स कलेजहरू पनि बढ्दै गएका छन् । जति पनि चित्रकारहरू हुनुहुन्छ, सबैले आफ्नो कला र अवसरहरू देखाउन पाइरहनु भएको छ । कतिले त बिदेशमा पनि आफ्नो कला देखाउने अवसर पाउनुभएको छ ।

तपाईँले विदेशमा जाने अवसर पाउनुभएको छ कि छैन ?

छैन । त्यो अवसर पनि चाँडै आउला नि ।

प्रतिक्रिया दिनुहोस्