
काठमाडौं । सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान दुधौली नगरपालिका–२ गागनस्थित मदन भण्डारी राजमार्गमा पोखराबाट कटारीतर्फ जाँदै गरेको बा.३ ख ७४६२ नम्बरको बसले ज.८ प ८१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुधौली– ३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो ।
दुर्घटनामा कमलामाई नगरपालिका १४ घर भएका करिब २६ वर्षीय दिपेश कुमर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका महेशको उपचारको क्रममा दुधौली नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि बस चालक उदयपुरको कटारी नगरपालिका–३ घर भएका ३२ वर्षीय श्याम कुमार भट्टराई फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।











