Logo
Logo

एमाले प्रतिनिधि छनोट: मोरङ ६ बाट ढकालको प्यानलै विजयी


6k
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधि छनोटमा संस्थापन इतर समूहबाट नेता विनोद ढकालको प्यानलै विजयी भएको छ ।

आइतबार बिहान सम्पन्न मतगणनामा खुला, महिला र युवा तीनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवारहरू फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।  ढकाल वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका हुन् ।

खुलातर्फको प्रतिस्पर्धामा विनोद कुमार ढकालले १ हजार ५ सय २७ मत ल्याउँदै सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार बनेँ । सोही प्यानलका पितकुमार श्रेष्ठ १ हजार २ सय ८९, रमेशकुमार पोखरेल १ हजार २ सय ८६ र सत्यनारायण चौधरी १ हजार २ सय ७६ मत पाएर विजयी भए ।

अध्यक्ष केपी शर्मा ओली पक्षका मीनकुमार आचार्य ६ सय १२, मकर बुढाथोकी ६ सय १६, रोहित कोइराला ६ सय १७ र ज्ञानेन्द्र ओझाले ५ सय ५१ मत पाएर पराजित भए । महिला प्रतिनिधितर्फ पनि ढकाल प्यानलले पूर्ण जीत दर्ता ग¥यो । जसमा सरस्वती खरेलले १ हजार २ सय ६५ र सरस्वती भण्डारीले १ हजार १ सय ५८ मत पाए ।

उनीहरूले प्रतिद्वन्द्वी रिता न्यौपानेले ९ सय ६६ र जानुका बड्तौलाले ५ सय ५१ मतमा चित्त बुझाए। युवा कोटामा सन्तोष घिमिरेले १ हजार १ सय १८ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी प्रविन घिमिरेले ८ सय ५५ मत पाए।

प्रतिक्रिया दिनुहोस्