Logo
Logo

श्रीलंकामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो


252
Shares

एजेन्सी । श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण आपतकाल घोषणा गरिएको छ । तुफानका कारण आएको बाढी पहिरोले धेरै धनजनको क्षति भएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका हुन् ।

तुफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ भने १७६ जना बेपत्ता छन् ।
श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।

श्रीलंकामा पछिल्लो आठ वर्षमा आएको यो सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए ।

श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्