
महेन्द्रनगर । नेकपा (एमाले)को ११औं महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
निर्वाचन क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नं १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नं १ बाट खुला सदस्यतर्फ पल्लबराज भट्ट र वीरबहादुर थापा निर्वाचित भएका छन् ।
यसैगरी महिलातर्फ कमला चौधरी र कल्पना गिरी निर्वाचित हुँदा युवातर्फ काशीराम बोहरा महाधिवेशन प्रतिनिधिका लागि छनोट भएका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र–२ मा भने पाँच जना सर्वसम्मत भएका छन् । खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भएका हुन् । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका छन् । युवातर्फबाट पनि प्रवीण बोगटी चयन भएका छन् ।
क्षेत्र नं ३ बाट खुला सदस्यतर्फ डा दीपकप्रकाश भट्ट र जनकराज अवस्थी तथा दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भएका छन् ।











