
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट २० प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय महाधिवेशनका लागि ६१ आकांक्षीमध्ये २० जना सर्वसम्म्त चयन भएका हुन् ।
जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट ९ जना, निर्वाचन क्षेत्र २ बाट ८ जना र दलित कलष्टरबाट ३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र नम्बर– १ बाट खुला ५ जनामा बालसिंह काउछा, फर्सुराम पाण्डे, फर्सुराम ज्ञवाली, पिताम्बर अर्याल र रामजी ढकाल चयन भएका छन् ।
महिलातर्फ ३ जनामा सुशीला पुन, राधिका अर्याल र अञ्जु कडेल खत्री चयन हुँदा युवामा अर्जुन कनौजे सर्वसम्मत छनोट भएका छन् ।
क्षेत्र नम्बर २ मा ८ जना महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ ४ जनामा हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लिलबहादुर विष्ट र रितबहादुर थापा चयन भएका छन् ।
त्यस्तै महिलातर्फ ३ जनामा ललिता गौतम, कमला शर्मा र सरिता खड्का चयन हुँदा युवामा माधव विष्ट सर्वसम्मत छनोट भएका छन् ।
दलित कलष्टरबाट १ महिलासहित ३ जनामा खुलातर्फ कृष्ण सुनार र सूर्य सोनी तथा महिलामा रिता रम्तेल सर्वसम्मत छनोट भएका छन् ।











